nmb bank

गृहपृष्ठ आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबुलाई थुनामा पठाउन आदेश

आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबुलाई थुनामा पठाउन आदेश

आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबुलाई थुनामा पठाउन आदेश

सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।

यस्तै, आरती साहका ससुरासँग एक लाख रूपैयाँ धरौटी माग गरिएको छ । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरु दुवै जना थुनाबाहिर थिए । आरती साहको परिवारले भने न्याय माग्दै माइतीघर मण्डलामा धर्नामा बसेको थियो ।

गत ७ जेठमा आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको माइती पक्षले हत्या भएको भन्दै अदालतमा जाहेरी दिएका थिए ।

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु