प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए
वि.सं.२०८० मंसिर १७ आइतवार १९:०६
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । यूएईको दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२८० मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आज आइतवार बेलुकी स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गरेका हुन् ।
शनिवार कोप–२८ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उहाँले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे ।
सम्मेलनमा उनले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरेको थियो । प्रधानमन्त्री प्रचण्ड यही मङ्सिर १३ गते दुबई प्रस्थान गरेका थिए ।

























