गृहपृष्ठ परराष्ट्र मन्त्रालयको सचिव पौड्यालविरुद्ध उजुरी
परराष्ट्र मन्त्रालयको सचिव पौड्यालविरुद्ध उजुरी
क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भएका भरतराज पौड्यालविरुद्व संसदीय समितिमा उजुरी परेको छ । हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयपछि संसदीय सुनुवाई समितिले राजदूतमा सिफारिस भएका उनीमाथि छानबिन थाल्दै उनको नियुक्तिविरुद्व उजुरीका लागि सार्वजनिक आव्हान गरेको थियो । पौड्यालविरुद्व सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोपसहित उजुरी परेको छ ।
समितिकाअनुसार पौड्याल राजदूत पदका लागि अनुपयुक्त रहेको र उनले सरकारका कर्मचारीका लागि प्राप्त हुने छात्रवृत्ति कर्मचारीलाई नदिएर आफ्नै छोरीलाई दिलाएको भन्दै उजुरीहरु परेका छन् ।
उनले त्यस्तो छात्रवृत्तिमा आफ्नी छोरीलाई स्वीटजरल्याण्ड पठाएर आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै दूतावासका कर्मचारीमार्फत् त्यहाँका कर्मचारीकै आवासगृहमा राखेर छोरीलाई पढाएको समेत आरोप लागेको छ ।
प्रकाशित समय : १३:२९ बजे

















