global ime bank Long Banner Ad

गृहपृष्ठ वालेट मार्फत कारोबार गर्नेको संख्या दुई करोड नाघ्यो

वालेट मार्फत कारोबार गर्नेको संख्या दुई करोड नाघ्यो

वालेट मार्फत कारोबार गर्नेको संख्या दुई करोड नाघ्यो

नेपालमा भुक्तानी सेवा प्रदायक वालेट मार्फत कारोबार गर्नेको संख्या दुई करोड नाघेको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असोजको मासिक भुक्तानी प्रणाली सूचकमा वालेट मार्फत कारोबार गर्नेको संख्या २ करोड २ लाख ७६ हजार १६१ पुगेको देखिन्छ।

नेपालमा एक वर्षको अवधिमा वालेट प्रयोगकर्ताको संख्या ३६.६३ प्रतिशत अर्थात ५४ लाख ३६ हजार ८८१ ले बढेको छ। गत वर्ष २०७९ असोजमा वालेट प्रयोगकर्ता १ करोड ४८ लाख ३९ हजार ८२० रहेका थिए ।

गत भदौंमा वालेटका प्रयोगकर्ता १ करोड ९९ लाख २२ हजार ४४३ रहेका थिए । वालेट प्रयोगकर्ताको संख्या बढेसँगै वालेट मार्फत हुने कारोबार र रकम दुबै बढेको छ। २०८० असोजमा वालेट मार्फत २२ अर्ब ७९ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी र २ करोड २६ लाख २२ हजार १७० पटक कारोबार भएको छ।

गत वर्ष २०७९ असोजमा वालेट मार्फत १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी र १ करोड ५७ लाख ३ हजार ४२ पटक कारोबार भएको थियो ।

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु