गृहपृष्ठ एक पराजयले उडाएको भारतको हाँसो

एक पराजयले उडाएको भारतको हाँसो

एक पराजयले उडाएको भारतको हाँसो

भारतमा जारी १३ औँ संस्करणको एकदिवसीय विश्वकप समाप्त भयो । एक महिना लामो समयसम्म चलेको प्रतियोगितामा धेरै रेकर्डहरु बने । केही अनुमान गरिएका भन्दा फरक नतिजा पनि यो विश्वकमा आए । विश्वकस समापन हुँदै गर्दा सबैभन्दा बढी पिडा कसैलाई भयो भने त्यो हो भारतीय टिम । प्रतियोगिताभर अपराजित रहेको उसले एक खेल मात्रै हार्‍या । त्यो पनि फाइनल । समूह चरणमा गरेको प्रदर्शनका आधारमा भारतले उपाधि जित्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकेनन् ।

भारतको त्यो सपनालाई अष्ट्रेलियाले चकनाचुर पारिदियो । अहिले भारतीय सञ्जार माध्यमहरुले भारतीय टोलीको निकै आलोचना गरिरहेका छन् । फाइनमा भारत बलिङ र ब्याटिङ दुवैमा कमजोर देखियो । फाइनल अघि निकै तिखो देखिएको भारतको बलिङ लाइन अष्ट्रेलिया सामू निरही देखियो । फाइनमा न जसप्रित बुम्रा चले न मोहमद सामी । तर रविन्द्र जडेजा र कुलदीप यादवको नै केही जोर चल्यो ।

ब्याटिङमा पनि खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । विराट कोहली र लोकेश राहुलले अर्धसतक प्रहार गरे पनि अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । टस हारेर पहिले ब्याटिङ गरेको भारतले ओपनर सुभमन गिललाई जम्मा ४ रनमा गुमाउन पुग्यो । त्यस पछि विराट र रोहितले पारी सम्माल्ने कोशीस गरे पनि कप्तान रोहित ४७ रनमा आउट भए । त्यस पछि क्रिजमा आएका श्रयस अयर पनि लामो समय टिक्न सकेनन् ।

सबै पक्षमा पछि परेको भारतले आफ्नै घरेलु मैदानमा अन्ततः अस्ट्रेलियालाई छैटौं पल्ट वान डे क्रिकेटको विश्वको उपाधि सुम्पियो । यो विश्वकपको फाइनललाई सन् २००३ को फाइनलको पुनरावृत्तिका रुपमा समेत हेरिएको थियो । र नतिजा पनि सोही अनुसार नै आयो । सन् २००३ को फाइनमा पनि भारत अष्ट्रेलियासँग पराजित भएको थियो ।

अहमदावादको नरेन्द्र मोदी रंगशालामा भएको यस खेलका केही यस्ता मोडहरु देखिए जहाँ भारत पराजित भयो भने अष्ट्रेलियाले उपाधि उचाल्यो ।

यो खेलमा सबैभन्दा पहिलो मोडका रुपमा रह्यो टस । भनिन्छ, क्रिकेटमा टस जित्नु भनेको ५० प्रतिशत खेल जित्नु हो । खेल अगाडिको ५०/५० को स्थिति टसपछि त्यसलाई जित्ने टिमको पक्षमा ६०÷४० हुन्छ । फाइनलमा पनि त्यस्तै भयो । टस अस्ट्रेलियाले जितेको थियो र कप्तान प्याट कमिन्सलाई पहिले बलिङ गर्ने निर्णयका लागि धेरै सोच्नै परेन् ।

अहमदावादको पिचमा खेल जति अगाडि बढ्दै गयो, उति ब्याटिङका लागि सजिलो हुने खालकै थियो । अनि बेलुकाको सित दोस्रो पल्ट बलिङ गर्ने टिमका लागि टाउको दुखाइको विषय बन्ने गर्छ । जसको स्पष्ट उदाहरण फाइनमा पनि देखियो ।

भारत पछि पर्नुको अर्को पक्ष भनेको कप्तान रोहीत शर्माको क्याच हो । जतिबेला रोहित आउट भए त्यो सयमसम्म भारत निकै राम्रो अवस्थामा थियो । तर जब उनले अफ साइटमा ठूलो सट खेलेर विपक्षी माथि दबाब सिर्जना गर्न खोजे अवस्था उल्टो भयो । उनले प्रहार गरेको बललाई ट्रेभिस हेडले उत्कृष्ट क्याच गरे । जसले खेलको रुपरेखानै बदली दियो ।

१० ओभरको पावर प्लेमा भारले ८० रन बनाएको थियो । उसका २ विकेट गुमेका थिए । अवस्था राम्रो नै थियो । भारतले ३०० रन पुरा गर्ने कांकलन गरिएको थियो । तर अवस्था त्यस्तो भएन् । अन्त्यमा भारत २४० अलआउट भयो । त्यो अवस्थामा पनि भारतले जितका लागि निकै मेहनत गर्‍यो । तर त्यो मेहनतले मेहनतमा सिमित हुन पुग्यो । अष्ट्रेलियालाई भारतले ४७ रन बनाउँदा ३ विकेट लिएर दबाव भने दिएको थियो ।

अष्ट्रेलियाका स्टिभ स्मिथ डेविट वारर्नर र मिचेल मार्स सस्तैमा आउट भए । यो अवस्थामा धेरैलाई लागेको थियो, अब भारतले खेलमा पकड कायम गर्छ । तर होइन्, त्यस्तो केही पनि भएन् । भारतलाई किनारा लगाउने काम गरे, ओपनर हेड र मार्नस लबुसचेनले । उनीहरुले भारतीय बलरलाई कुनै पनि मौका दिएनन् र भारत उपाधिबाट विमुख भयो ।

हार पछि भारतीय प्रशिक्षक राउल द्रविडले आफूहरुले यो प्रतियोगिता भर नडराएर खेलेको भन्दै लगातर विकेट जाँदा केही गारो भएको प्रतिक्रिया दिए । ‘यो म्याचमा पनि हामीले १० ओभरमा ८० रन बनायौँ । तर यो म्याचमा जब हामीले सोच्यौँ कि थोरै आक्रामक गेम खेल्ने छौँ, विकेट झ¥यो । तपाईंले बीचमा विकेट गुमाउनुभयो भने तपाईंले थोरै रक्षात्मक खेल्नुपर्छ,’ उनले भने, ‘हामीले ३०–४० रन कम बनाएको थाहा थियो । तर हामी लगातार विकेट गुमाउँदै गयौँ । विराट, जड्डु र फेरि राहुलको विकेट झर्दा हामी ३०–४० रन कम बनाएर आउट हुन पुग्यौँ । २ सय ८० जति हामीले स्कोर बनाएका हुन्थ्यौँ भने म्याचको परिणाम अर्कै हुन सक्थ्यो ।’

त्यस्तै कप्तान रोहितले पनि टिमको स्कोर २८० को हाराहारीमा हुनु पर्ने बताए । ‘आज हामीले राम्रो खेलेनौँ । इमानदारीपूर्वक भन्नुपर्दा विराट र राहुल पिचमा हुँदा हामी २ सय ७० देखि २ सय ८० रनको लक्ष्य खडा गर्ने दिशामा थियौँ । तर हामीले तीव्रताका साथ विकेट गुमायौँ । हामीलाई कम्तिमा २० देखि ३० रन कम भयो,’ उनले भने ।

प्रकाशित समय : ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु