गृहपृष्ठ टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनवाई न्यायाधीश चुडालको इजलासमा

टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनवाई न्यायाधीश चुडालको इजलासमा

टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनवाई न्यायाधीश चुडालको इजलासमा

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेका विभिन्न १० रिटलाई एकैसाथ राखी सुनुवाइ हुन लागेको हो ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि यही मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो ।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु