काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

5.82K
shares

जारी आइसीसी क्रिकेट विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको हो ।

भारतका लागि केएल राहुलले सर्बाधिक ६६ रन बनाए भने विराट कोहलीले ५४ रन बनाएका थिए ।

त्यसैगरी कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ रन बनाएका थिए । त्यस्तै शुभमन गिल र श्रेयस अय्यरले ४-४ रन बनाएका थिए भने रविन्द्र जडेजाले ९, मोहमद शामीले ६, जसप्रित बुमराहले १, कुलदीप यादवले १० र मोहमद सिराजले अविजित ९ रन बनाएका थिए ।

त्यसैगरी अस्ट्रेलियाका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने जोश हजेलवूड र पाट कमिन्सले २-२ विकेट लिएका थिए । त्यस्तै ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिएका थिए ।