काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

क्रिकेटर गुल्सन झालाई सर्लाहीमा ५१ हजारसहित सम्मान

6.74K
shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्सन झालाई सर्लाहीमा ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले आफ्नी आमा अप्सरा आचार्यको स्मृतिमा स्थापना गरेको ‘अप्सरा आचार्य फाउण्डेसन’को तर्फबाट झालाई ५१ हजार १५१ रुपैयाँसहित गरिएको हो।

मंगलबार ईश्वरपुर नगरपालिका- २ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको समापनको अवसरमा झालाई मेयर आचार्यले नगद र सम्मान–पत्रसहित झालाई सम्मान गरेका हुन्।

कार्यक्रममा मेयर आचार्य, ईश्वरपुरका पूर्व मेयर मनोजकुमार देवकोटालगायत सहभागी थिए।

चक्रघट्टा गाउँपालिका ७ स्थायी घर भई हाल मलंगवा नगरपालिका- ८ मा बसोवास गर्दै आएका झाले नेपाल टी–२० विश्वकपमा छनोट हुँदा उत्कृष्ठ प्रदर्शन गरेका थिए।