काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल आज : भारत र न्युजिल्यान्ड भिड्दै

5.69K
shares

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड मुम्बईमा भिड्दैछन्।

यो खेल भारतलाई २०१९ विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग हारको बदला लिने अवसर हुनेछ । तर, विश्वकपलगायतका आईसीसी प्रतियोगितामा भारतविरुद्ध न्युजिल्यान्डको रेकर्ड निकै राम्रो छ।

हालसम्म आईसीसी प्रतियोगितामा भारत र न्युजिल्यान्डबीच १० खेल भएका छन्, जसमध्ये ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ।

यद्यपि लिग चरणमा भारतले धर्मशालामा न्यूजिल्यान्डलाई हराएको थियो, जुन २००३ को विश्वकपपछि पहिलोपटक थियो।

भारतले जारी विश्वकपको लिग खेलमा सबै ९ खेल जितेको छ।