global ime bank Long Banner Ad

गृहपृष्ठ मुस्ताङमा हिउँचितुवाको आक्रमण, ७७ च्याङ्ग्रा मरे

मुस्ताङमा हिउँचितुवाको आक्रमण, ७७ च्याङ्ग्रा मरे

मुस्ताङमा हिउँचितुवाको आक्रमण, ७७ च्याङ्ग्रा मरे

उत्तरी मुस्ताङको ढाकमारमा हिउँ चितुवाको आक्रमणबाट झन्डै सय च्याङ्ग्रा मरेका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मा पर्ने उक्त गाउँमा किसानको गोठमै छिरेर च्याङ्ग्रालाई आक्रमण गरेको हो ।

‘७७ वटा गोठमै मरेका छन् । ३ वटा घाइते छन् । बाँच्ने अवस्था छैन,’ स्थानीय छिरिङ गुरुङले भने, ‘साह्रै ठुलो क्षति भयो ।’ ४ वटा चितुवा एकैपटक छिरेर आक्रमण गरेको उनको भनाई छ ।

स्थानीय मिङ्मर गुरुङको ३० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । तरबार सहितको खोरमा छिरेर आक्रमण गरेको मुस्ताङ प्रहरीले जनाएको छ । गोठमा ८० वटा च्याङ्ग्रा थिए ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु