गृहपृष्ठ शैक्षिक भ्रमणमा गएका तीनवटा बस एकआपसमा ठोक्किएर दुर्घटना, २२ घाइते
शैक्षिक भ्रमणमा गएका तीनवटा बस एकआपसमा ठोक्किएर दुर्घटना, २२ घाइते

शैक्षिक भ्रमणमा धरान गएको तीनवटा बस ठोक्किएर दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । शैक्षिक भ्रमणका लागि पूर्वी नवलरासीको हुप्सेकोटबाट गएको गाडीले शुक्रबार साँझ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्डमा २ वटा बसलाई ठक्कर दिँदा २२ जना विद्यार्थी घाइते भएका छन् ।
गाउँपालिका–४ स्थित जनकल्याण राष्ट्रिय माविबाट शैक्षिक भ्रमणमा गएको उक्त बसको ब्रेक फेल भई शैक्षिक भ्रमणमै म्याग्दीबाट आएको ग २ ख १५८३ र स्याङ्जाबाट आएको ग २ ख १५१३ नम्बरको बसलाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार म्याग्दीबाट गएको बसलाई पछाडिबाट ठक्कर दिएपछि अनियन्त्रित भएको नवलपरासीको बसले त्यसअगाडि गुडिरहेको स्याङ्जाको विद्यार्थी बससँग ठोक्किएर दुर्घटना भएको हो।
प्रकाशित समय : १०:५० बजे