काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थारु संस्कृतिको संरक्षण, हुकेहुका महोत्सव हुँदै

6.51K
shares

थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा उदयपुर हुकेहुका महोत्सव तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल थारू संघ (समाजवादी)को आयोजनामा आज चौदण्डिगढी नगरपालिका-९ स्थित पश्चिमटोल, ज्यामिरेमा आज महोत्सव हुँदैछ ।

महोत्सवमा मुख्य आकर्षणको रूपमा हुकेहुका प्रतियोगिता राखिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमशः ५ हजार, ३ हजार र २ हजारले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी व्यक्ति वा समूह स्वयंले नै हुकेहुकाको लागि चाहिने आवश्यक सर(समान ल्याउनुपर्ने छ भने प्रत्येक टोलीमा कम्तिमा ७ जना र बढीमा १० जना सहभागी हुन पाउनेछन् ।