काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्याजको भाउ बढ्यो, हरियो तरकारीको भाउ भने घट्यो

5.86K
shares

प्याजको भाउ फेरि बढ्न थालेको छ । यो महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ आज ११५ देखि १२० रुपैयाँ थोक मूल्यमा पुगेको छ ।

भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । पछिल्लो २ हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । भारतले आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि प्याजमा ४० प्रतिशत निर्यात कर समेत लगाएको छ । यो नियम आउँदो डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ ।

नेपालले प्याजका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था छ । यसले गर्दा भारतमा भाउ बढ्नासाथ नेपाली बजारमा पनि महँगो हुन्छ । भाउ बढेपछि भारतबाट अहिले नेपाली बजारमा खासै प्याज भित्रिएको छैन । प्याजको आयात कम भएसँगै कृत्रिम अभाव समेत हुन थालेको छ ।

काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको भाउ लगातार बढिरहेको जनाएको छ । समितिले काठमाण्डौमा आज प्याजको थोक मूल्य किलोमा ११५ देखि १२० रुपैयाँ निर्धारण गरेको छ । खुद्रा पसलमा योभन्दा महँगो पर्छ । बजारमा हरियो तरकारीको भाउ भने घट्दो छ ।

बजारमा साग, सिमी र लाम्चो भन्टा सबैभन्दा सस्तो छ । यी तरकारी किलोको १० देखि १५ रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यस्तै, आज करेला किलोको ५० रुपैयाँ, पीरो खुर्सानी किलोको ८० देखि ९० रुपैयाँ, भिन्डी २० रुपैयाँ, गोलभेँडा किलो ५० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।