सिंगापुरको दोस्रो विकेट पतन, सन्दीपलाई पहिलो ओभरमै सफलता
वि.सं.२०८० कात्तिक १३ सोमवार ०९:५३
shares

आइसिसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता स्पिनर सन्दीप लामिछाने दिलाए । उनले ६.५ ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरे ।
नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्रा दत्तलाई शून्यमै बोल्ड गरेका थिए । यो समाचार तयार पार्दासम्म सिंगापुरले ७ ओभरमा २ विकेट गुमाएर ५२ रन बनाएको छ।
नेपाल र सिंगापुरबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा यूएईविरुद्धको प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ ।
नेपालले आज ललित राजवंशीलाई विश्राम दिएर सन्दीप लामिछानेलाई मौका दिएको हो । सन्दीपले व्यक्तिगत कारण त्रिकोणात्मक सिरिज खेलेका थिएनन् ।

























