काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बनेपामा खुल्यो सी जी डिजिटलको २५ औ शोरुम

6.22K
shares

चौधरी गु्रप अन्तर्गतको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सि.जी. डिजिटलको २५औ शाखा बनेपामा खोलिएको छ ।

बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य र सि.जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष  एस.सि.साबुको उपस्थितिमा आज शोरुमको भब्य उद्घाटन भएको छ ।

सि.जी. डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एल.जी., सि.जी., टिसिएल, गोद्रेज, सेन्साई, माईडिया, बेको, ब्ल्याक+डेकर, केन्ट, एलिका र  लगायतका विभिन्न घरायसी विधुतीय सामाग्रीहरु जस्तै कि : एल.इ.डि.टि.भी., वासिङ मेसिन, फ्रिज, माईक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एर प्युरिफायर, म्युजिक सिस्टम लगायत अन्य थुप्रै स्मार्ट डोमेस्टिक अप्लाएंसेस तथा स्मार्ट होम अप्लाएंसेसहरु रहने छन् ।

बनेपाकोे स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकसेवा, विधुतीय सामाग्रीहरुका उपयोग विधि तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शारुम संचालन गरिएको छ ।

दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पुर्ण जानकारी पनि लिन सकिने छ । यो शारुम हप्ताको सातै दिन बिहान १०ः०० देखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने छ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बर ०११–६६५६७९, ६६५६८८ हरुमा सम्पर्क गर्न सकिने कुराको जानकारी पनि गरिन्छ ।

बनेपाकोे बुडोलमा खोलिएको यस सि.जी. डिजिटल शोरुममा ओपनिङ्गको अवसरमा ४० प्रतिशत सम्म छुट, ० प्रतिशत किस्ता बन्दि , फ्री गिफ्टहरु का साथै एक्सचेन्ज अफर को पनि सुविधा रहेको छ ।

चौधरी गु्रपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर र पोखरामा पनि सि.जी. डिजिटल शोरुम संचालन गरिसकेको छ ।
यो संगै बनेपामा खोलिएको यस सि.जी. डिजिटल शोरुम अब २५ औ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि जानकारी गरिएको छ ।