काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दशैं यात्रा : गुडेर जान टिकट छैन, उडेर जान पैसा

6.11K
shares

बसपार्क डिजिटल प्रविधिमा गइसकेपछि ठूलो परिवर्तन आउँछ भनिएपनि यात्रुले त्यसको अनुभूति गर्न पाएनन् । प्रत्येक वर्षझैं यस वर्ष पनि दशैंमा कष्टकर यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।

प्रविधिले ठूलै फड्को मारेपनि नेपाली यात्रुहरुले अझै पनि त्यही पुरानै शैली अपनाई रहनु परेको छ । सडकको सास्तीका बीच यात्रुले लाइन लागेरै भिडभाड र ठेलमठेल गरि टिकट काट्नु पर्ने बाध्यता ‘ज्यूँ का त्यूँ’ छ ।

सवारी व्यवस्थापनको कमजोर तयारीले सर्वसाधारणले प्रत्येक वर्ष पाउनुसम्मको सास्ती पाएका छन् । कतिले रातभर काउन्टरमा पालो पर्खिदाँ पनि बसको टिकट पाएका छैनन् भने कतिले नियमितभन्दा दोब्बर तेब्बर भाडा तिर्नु परेको छ ।

इ–टिकेटिङको योजना गफमै सीमित बनेको छ । सुविधा जस्ताको त्यस्तै, भाडादर चाहीँ दोब्बरतेब्बर असुल्दा पनि यातायात व्यवसायी र तिनका प्रतिनिधिलाई लाज छैन । सरकार पनि यतिसम्म रमिते बनेको छ कि, अग्रिम टिकट बुकिङ खुलेको दुई दिनपछि नै बन्द हुँदा पनि लाचार बनेर बसेको छ ।

सार्वजनिक गाडीमा मात्रै होइन, हवाई यात्रा गर्नेहरुको अवस्था पनि उस्तै छ । परिचारिकादेखि अतिथि सत्कारसम्म ध्यान दिने विमानमा पनि यात्रुले सहज यात्रा भने गर्न पाएका छैनन् । विमान कम्पनीको लापरवाहीले बिरामी, अशक्तदेखि वृद्धवृद्धासम्मले दुःख पाउने गरेको विगतका चाडपर्वमा देख्दै र सुन्दै आएकै समस्या हो । एयरलाईन्सको लापरवाहीले सकस पाएका यात्रुहरुले एयरपोर्टभित्र नाराबाजी गरेका उदारहणहरू अहिले पनि सञ्चार माध्यममा छ्याप्छ्याप्ती छन् । छिटो र आरामदायी यात्राका लागि विमान रोज्ने गरे पनि यात्रुको भावनालाई बेवास्ता गर्दा यस्ता समस्या पाउनु यात्रुका लागि सामान्य जस्तै बन्ने गरेको छ । अझ चाडवाडको मुखमा दोब्बर भाडादरले हवाई यात्रा पनि नागरिकका लागि बोझ नै बनेको छ ।

हवाई क्षेत्रमा हालीमुहाली गरिरहेका नीजि विमान कम्पनी ऐन विपरीत चलिरहेका छन् । तर, सरकार मौन छ । वायु सेवामा नीजि क्षेत्रले मनलाग्दी भाडा असुलिरहेको भए पनि नियामक निकाय त्यसलाई नियन्त्रण गर्न सक्ने हैसियतमा छैन ।

चाडपर्वमा जुनसुकै सवारी साधनलाई एक ठाउँबाट अर्को ठाउँमा जान रुट प्रमिट फ्रि गरिदिने परम्परा छ । जसका कारण सवारी दुर्घटना पनि यही समयमा धेरै हुने गर्छ । यसमा असहजता त छदैँछ यात्रुहरु असुरक्षितसमेत भइरहेका छन् । प्रविधिको युगमा समेत नेपालको यातायात प्रणाली पुरातन शैलीमै जेनतेन चलाइनु राज्यकै लागि लज्जाबोध हो ।