काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वकप क्रिकेटमा अफगानिस्तान र इङल्याण्ड खेल्दै

5.15K
shares

एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै छन्। अफगानिस्तान पहिलो जितको खोजिमा रहँदा इंग्ल्यान्ड दोस्रो जितको प्रयासमा मैदानमा उत्रिने छ। दिल्लीको अरुण जेट्ली स्टेडिमयमा दिउँसो २:१५ बाट खेल सुरु हुनेछ।

दुवै टिमको यो जारी विश्वकपमा तेस्रो खेल हो। जारी विश्वकपमा इंग्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित हुँदा दोस्रो खेलमा भने बंगलादेशलाई हराएको थियो। जबकी अफगानिस्तान भने पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा भारतसँग पराजित भएको थियो।

समग्रमा यी दुई टिमबीच अहिले सम्म २ एकदिवसीय खेलमा प्रतिस्पर्धा भएको छ। दुवै खेलमा इंग्ल्यान्ड विजयी भएको छ। दुवै खेल २०१५ र २०१९ को एकदिवसीय विश्वकपका दौरान भएको छ। यो बाहेक दुई टिमबीच कुनै एकदिवसीय खेल भएको छैन।