काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अब लाइसेन्स र ब्लुबुकको राजस्व अनलाइनबाटै तिर्न सकिने

5.65K
shares

बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्ता पत्र (ब्लुबुक)को सबै राजस्व अनलाइनबाट गर्ने भएको छ। संघीय सरकार र प्रदेश सरकारको समन्वयमा तिहारसम्म यातायात कार्यालयमा बुझाउने राजस्व अनलाइनबाट हुने भएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बिहीबार एकान्तकुना यातायात कार्यालयबाट सेवा शुभारम्भ गरेका छन्।

कार्यालयबाट सवारी चालक अनुमतिपत्रको नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै हुने भएको छ। ब्लुबुकको राजस्वण् नागरिक एपबाटै तिर्न सकिने व्यवस्था भएपनि प्रदेश सरकारले सिस्टम अपडेट नगर्दा लाइन लाग्नैपर्ने अवस्था छ। अब संघकै पुरानो सिस्टमबाट सबै प्रदेशमा अनलाइन भुक्तानी गर्न सकिने बताइएको छ।