आज तरकारी तथा फलफूलको मूल्य कति ?
वि.सं.२०८० असोज २४ बुधवार ०९:५८
shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ४५ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानीय ८०, आलु रातो ६०, मुडे आलु रातो ५४, भारतीय आलु रातो ३४, लौका ५०, हरियो फर्सी ५०, घिरौला १०० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३००, बन्दा लोकल ४०, गाँजर १००, मूला सेतो ३०, भान्टा डल्लो ५०, भान्टा लाम्चो ४०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ८०, ब्रोकाउली २००, कागती २००, भिण्डी ८०, निगुरो ७०, रातो बन्दा २००, लोकल काँक्रो ८०, अदुवा प्रतिकेजी १४० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरिलो प्रतिकेजी ५०० रुपैयाँ, केरा दर्जनको १४०, अनार ३५०, नासपाती ९०, एभोकाडो २००, कालो अंगुर ४००, किवी २५०, सरिफा २००, फुजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४०, रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

























