बागमती नदी किनारमा भेटियो एक युवकको शव
वि.सं.२०८० असोज २४ बुधवार ०९:०८
shares

काठमाडौंस्थित तीनकुने क्षेत्रकाे बागमती नदी किनारमा एक युवकको शव फेला परेकाे छ।शव काठमाडौंको बुद्धनगर निवासी २० वर्षीय विमल महरा रहेको प्रहरीले जनाएकाे छ।
बागमती नदी किनारको झाडीमा महराको शव फेला परेको हो।प्रहरीका अनुसार घटनास्थलमा रगतका टाटा देखिनुका साथै एउटा सिरिन्ज पनि फेला परेकाे छ।
हाल प्रहरीले उक्त स्थानमा मुचुल्का तयार पारिरहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

























