काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड बाइक सार्वजनिक

5.69K
shares

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड बाइक सार्वजनिक गरेको छ । कम्पनीले रु ३.७९९ लाखमा उपलब्ध हुनेगरी बाइक सार्वजनिक गरेको हो।

बाइकमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत BS6 इन्जिन टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एफजेड एफआई भीघ्री स्ट्यान्डर्डले कार्यसम्पादनका मापदण्डहरु मात्र पुन: परिभाषित गर्दैन बरु कुनै पनि सुविधाहरुमा सम्झौता नगरी किफायतीपनलाई आफ्नो शीर्ष प्राथमिकतामा राख्छ । यो मोटरसाइक कालो र निलो आकर्षक नयाँ रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ ‘एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा गर्व गर्दछ। एक बलियो १४९ सिसि एयर-कूल्ड फोर-स्ट्रोक सिंगल-सिलिन्डर बलूकोर इन्जिनद्वारा संचालित र सावधानीपूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनीय रूपमा मुलायम प्रवेग उत्पन्न गराउँछ । यो इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी पनि छ, जसले औसत ४५-५० किमी प्रति लिटरको माइलेज प्रदान गर्दछ ।’

ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटर सहित राइडर- केन्द्रित टेक्रोलोजीहरूले सुसज्जित यो मोटरसाइकलले सूचित र आकर्षक सवारी अनुभवको सुनिश्चितता प्रदान गर्ने कम्पनीको दाबी छ। यसका सस्पेन्सन ड्युटीहरु अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि -स्टेप एडजस्टेबल मोनोक्स सस्पेन्सन सेटअपद्वारा कुशलतापूर्वक व्यवस्थित गरिएको छ जसले आरामदायी र नियन्त्रित सवारीको ग्यारेन्टी दिने कम्पनीले उल्लेख गरेको छ।

एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको र यसले उत्कृष्ट ब्रेकिङ क्षमताहरू प्रदान गर्दै , राइडर नियन्त्रण बढाउँदै विभिन्न सवारी परिदृश्यहरुमा सुरक्षाको दायरा बढाउने कम्पनीले जनाएको छ।

एमएडब्लूटू वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले यामाहा एफजेड एफआई भीघ्री स्ट्यान्डले पामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकलहरू किफायती मूल्यमा ग्राहकसामू ल्याउने हाम्रो अटल प्रतिबद्धताला पुष्टि गर्ने बताए। उनका अनुसार यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड देशव्यापी रुपमा सबै यामाहा डिलरहरूमा उपलब्ध छ ।