बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८० असोज १८ बिहीवार १२:२७
shares

बुधबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि उकालो लागेको छ । बिहीबार सुनको मूल्य ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर छ। सुनको कारोबार मूल्य प्रतितोला १ लाख ७ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन १ लाख ६ हजार ९०० रुपैयाँले कारोबार भएको थियो। एकसाता निरन्तर घटिरहेको सुनको मूल्य हिजोबाट फेरि उकालो लागेको हो। गत साताको मंगलबार सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो।
बुधबार प्रतितोला १ लाख ११ हजारमा कारोबार हुँदा बिहीबार १ लाख ९ हजार ६०० पुगेको थियो। शुक्रबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम हुँदा सोमबार १ लाख ७ हजार ९०० रुपैयाँ पुगेको थियो। मंगलबार सुन १ लाख ६ हजार ६०० कारोबार भएको थियो।
त्यसैगरि, चाँदी मंगलबार कायम मूल्य प्रतितोला १३ सय १० मा स्थिर छ। गत आइतबार तोलाको १३ सय ६० थियो।

























