काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाबुको राजनीतिक विडो थाम्ने सुवास नेम्वाङका छोरा सुहाङको संकेत

8.63K
shares

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि बाबुकै राजनीतिक विरासत थाम्ने संकेत छोरा सुहाङले गरेका छन् । उनले बाबुले बाँकी छोडेका काम पुरा गर्न आफुलाई पार्टीले आत्माबल दिने बताएका छन् ।

अधिवक्तासमेत रहेका सुहाङले श्रद्धाञ्जली दिन पुगेका नेताहरुसँग कुरा गर्दै पिताको आकस्मिक निधनबाट मुलुक, पार्टी र परिवारलाई ठूलो क्षति भएको भन्दै बाँकी सपना पूरा गर्न आफू प्रयत्नरत रहने बताए ।

सुहाङ स्वर्गीय नेम्वाङका कान्छा छोरा हुन् । उनी बुबाको राजनीतिमा सहयोगी थिए ।

नेम्वाङका जेठो छोरा भने बेलायतमा बस्दै आएका छन् । उनी बुबाको निधनपछि आएका हुन् ।