गृहपृष्ठ बाबुको राजनीतिक विडो थाम्ने सुवास नेम्वाङका छोरा सुहाङको संकेत
बाबुको राजनीतिक विडो थाम्ने सुवास नेम्वाङका छोरा सुहाङको संकेत
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि बाबुकै राजनीतिक विरासत थाम्ने संकेत छोरा सुहाङले गरेका छन् । उनले बाबुले बाँकी छोडेका काम पुरा गर्न आफुलाई पार्टीले आत्माबल दिने बताएका छन् ।
अधिवक्तासमेत रहेका सुहाङले श्रद्धाञ्जली दिन पुगेका नेताहरुसँग कुरा गर्दै पिताको आकस्मिक निधनबाट मुलुक, पार्टी र परिवारलाई ठूलो क्षति भएको भन्दै बाँकी सपना पूरा गर्न आफू प्रयत्नरत रहने बताए ।
सुहाङ स्वर्गीय नेम्वाङका कान्छा छोरा हुन् । उनी बुबाको राजनीतिमा सहयोगी थिए ।
नेम्वाङका जेठो छोरा भने बेलायतमा बस्दै आएका छन् । उनी बुबाको निधनपछि आएका हुन् ।
प्रकाशित समय : १८:४७ बजे


















