गृहपृष्ठ सल्यानको त्रिवेणीमा आगलागी हुँदा ९ महिने छोरीसहित आमाको मृत्यु
सल्यानको त्रिवेणीमा आगलागी हुँदा ९ महिने छोरीसहित आमाको मृत्यु
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं २ धामी ढुंगास्थित एउटा घरमा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ । स्थानीय सुकबहादुर थापाको टिनले छाएको एकतले घरमा आगलागी हुँदा सुकबहादुरकी श्रीमती ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको घटनास्थलमै मृत्यु भएको हो ।
आगलागी शुक्रबार राति नै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शनिबार बिहान आमछोरी नै मृत अवस्थामा भेटिएपछि प्रहरीलाई स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
छिमेकीहरूले भने शुक्रबार राति घरमा आगलागी भएको जानकारी नभएको बताएका छन् । घरमा आगोको मुस्लो नदेखिएको उनीहरूको भनाइ छ । सुतिरहेको कोठामा आमाछोरी मृत अवस्थामा देखिएको प्रहरीले जनाएको छ । बिहान आमाछोरी मृत अवस्थामा भेटिएको र सुतिरहेको कोठामा आगलागी भएको देखिएपछि प्रहरीले घटना शंकास्पद भन्दै थप अनुसन्धान गरिरहेको जनाएको छ ।
स्थानीयहरूका अनुसार रेवतीका श्रीमान भारतमा रहेकाले घरमा भने आमाछोरी मात्रै थिए ।
प्रकाशित समय : १८:३६ बजे


















