गृहपृष्ठ एकमहिने गुँला पर्वकाे समापन गरियाे
एकमहिने गुँला पर्वकाे समापन गरियाे
एकमहिना मनाइने गुँला पर्वको समापन गरिएको छ ।
चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ ।
विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी मनाइएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो ।
यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । गत साउन ३२ गतेदेखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी सम्पन्न आज भएको हो ।
प्रकाशित समय : १८:५९ बजे


















