काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लुम्बिनी विकास बैंकद्वारा विद्यालयहरूमा पोसाक, खेलकुदको सामग्रीका साथै कलर प्रिन्टर हस्तान्तरण

5.06K
shares

लुम्बिनी विकास बैँक लिमिटेड देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरूमा सहयोग हस्तान्तरण गरेको छ ।

विदुर नगरपालिका वडा नं। ३ अवस्थित श्री रणभुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई पोसाक वितरण गरेको हो ।

वडा नं। ५ अवस्थित श्री सहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यमिक विद्यालयमा बालकक्षाका विद्यार्थीहरूको शारीरिक, मानसिक एवं बौद्धिक विकासका लागि १ थान खेलकुदको सामाग्री वितरण गरेको छ । साथै बेलकोटगढी नगरपालिका वडा नं। ८ अवस्थित श्री कल्याणीदेवी माध्यमिक विद्यालयको लागि १ थान कलर प्रिन्टर सहयोग गरेको छ ।

सो सामाग्रीहरू बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्तान्तरण गरे ।

उक्त सहयोग गरेकोमा श्री रणभुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, श्री सहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकार र श्री कल्याणीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद पुडासैनीले लुम्बिनी विकास बैङ्कलाई धेरै–धेरै धन्यवाद व्यक्त गरे ।

उक्त हस्तान्तरण समारोहमा बैकका मुख्य प्रबन्धक दिपक खनाल, वरिष्ठ प्रबन्धक भेषराज गौतम, शाखा प्रमुख रमेश कुमार नेपाल लगायत विद्यालय व्यवस्थापनका पदाधिकारीहरू, विद्यालयका शिक्षक शिक्षिकाहरू, विद्यार्थीहरूको समेत उपस्थिति रहेको थिए ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरू तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा ’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरूलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।