गृहपृष्ठ नेपाली महिला टिम थाइल्याण्डसँग पराजित

नेपाली महिला टिम थाइल्याण्डसँग पराजित

नेपाली महिला टिम थाइल्याण्डसँग पराजित

नेपाल महिला टी-२० विश्वकपको एशिया छनौटको सेमिफाइनलमा थाइल्याण्डसँग पराजित भएको छ ।

आज मलेसियामा सम्पन्न सेमिफाइनल खेलमा थाइल्याण्डले नेपाललाई ४६ रनले पराजित गरेको हो ।

थाइल्याण्डले दिएको १०६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ५९ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउदै १०५ रन बनाएको थियो ।

यो हारसँगै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन असफल भएको छ । त्यस्तै नेपाललाई पराजित गर्दै थाइल्याण्ड फाइनलमा पुगेको छ भने महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट भएको छ ।

प्रकाशित समय : १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु