काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फुर्केटारीको पानी सामुदायिक वनको आम्दानी

8.8K
shares

सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभइ अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह ।

पोखरा महानगरपालिका(२५ हेम्जास्थित उक्त समूहले सामुदायिक वनको पानी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको छ । समूहले ‘फुर्केटारी एक्युफेर’ प्रशोधित पानी बिक्रीबाट गत आर्थिक वर्ष २०७९र८० मा  एक करोड ३७ लाख ६६ हजार पाँच सय ४४ आम्दानी गरेको समूहका महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष मित्रलाल त्रिपाठीले जानकारी दिए ।

सामुदायिक वनको बीच भागमा चट्टानलाई छिचोल्दै निस्केको पानीलाई प्रशोधन गरी कम्पनीले २० लिटरको जार, एक लिटर र आधा लिटरको बोतलमा बिक्री वितरण गर्दै आएको छ ।

उक्त पानी स्थानीय बजारका साथै गण्डकी प्रदेश सरकारका सम्पूर्ण मन्त्रालयसहित ३५ वटा सरकारी कार्यालयमा समेत खपत हुँदै आएको अध्यक्ष त्रिपाठीले जानकारी दिए । सामुदायिक वनको मूलको पानी शुद्ध र स्वादिलो भएकाले पनि माग बढ्दो रहेको उनको भनाइ छ ।

पानी प्रशोधनका लागि समूहले प्रतिघण्टा तीन हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएको उद्योग स्थापना गरेको छ । त्रिपाठीका अनुसार गत आवमा २० लिटर क्षमताका एक लाख ८३ हजार तीन सय ७५ वटा जार बिक्री गरिएको थियो । साथै एक लिटरको बोतल भरिएका ३१ हजार आठ सय ३४ कार्टुन र आधा लिटरका बोतलले भरिएका दुई हजार दुई सय १२ थान कार्टुन बिक्री गरिएको थियो ।

कूल दुई करोड ५० लाखको लगानीमा सञ्चालन गरिएको पानी उद्योगमा १४ जनाले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेका छन् । कम्पनीले तीन वटा गाडीमार्पmत बजारमा पानी आपूर्ति गर्दै आएका छन् । गत आवमा पानी उद्योग सञ्चालनमा रु ६६ लाख ५१ हजार नौ सय १६ खर्च भएको थियो भने उद्योगको प्रशासनिक खर्चमा रु ५४ लाख ७१ हजार नौ सय ७५ खर्च भएको थियो ।

“उपभोक्ताको सक्रियतामा खानेपानीका लागि चार किलोमिटरको दूरीबाट दुई इञ्चको पाइपमार्पmत ल्याइएको पानी यतिखेर उद्योगमा परिणत भएको छ”, अध्यक्ष त्रिपाठीले भने, “वनको संरक्षण, संवद्र्धनसँगै सम्भाव्यता अध्ययनका आधारमा प्राकृतिक स्रोतलाई उपयोग गर्ने हो भने रोजगारसहित आम्दानीका लागि युवा वर्गलाई विदेशिनु पर्दैन ।”

फुर्केटारी सामुदायिक वन समूहका अध्यक्ष एवं व्यावसायिक पानी उद्योग सञ्चालक समितिका सल्लाहकार उमानाथ त्रिपाठीका अनुसार वन समूहको ५० हजार र ५९ जना उपभोक्ताबाट  २५ हजारदेखि रु पाँच लाखसम्मको शेयर लगानीमा पानी उद्योग सञ्चालन गरिएको हो ।