काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी प्रदेशमा मल कारखाना जरूरी छ : मुख्यमन्त्री थापा

6.95K
shares

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताएका छन्।

आज इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’मा मुख्यमन्त्री थापाले भने, “कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस्था छ । समस्या समाधानका ला ि प्रदेशमै मल कारखाना सञ्चालन जरुरी छ ।” यसका लागि उहाँले हुलास कम्पनीलाई मल कारखाना स्थापना गर्न आग्रह समेत गरे ।

कोशी प्रदेशका किसानका समस्या जटिल रहेका भन्दै उनले राज्यले ती समस्या सम्बोधन गर्न नसकेको बताए । मुख्यमन्त्री थापाले भने, “कोशी प्रदेशमा मल कारखानाको स्थापनाका लागि हुलास कम्पनीले सहयोग गरोस्, राज्यको तर्फबाट आवश्यक समन्वय तथा सहकार्य हुन्छ ।”