काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१ खर्ब माथिको आयात हुँदा १३ अर्बकाे मात्रै निर्यात

5.4K
shares

चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा वस्तु तथा सेवा आयातमा कमी आएको हो । गत वर्षभन्दा १.५६ प्रतिशतले कम आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

गत वर्षको साउनमा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

त्यस्तै नेपालबाट अन्य देशमा हुने निर्यात पनि घटेको छ । चालु आर्थिक वर्षको साउनमा नेपालबाट अन्य देशमा हुने निर्यात ८.६५ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्ष नेपालबाट यस्तो निर्यात १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात भएको थियो ।

एक महिनामा व्यापार घाटा एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस्तो व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ थियो ।