२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८० भदौ ५ मंगलवार १२:०७
shares

सोमबार स्थिर रहेको सुनचाँदीको भाउ मंगलबार बढेको छ । भदौ ५ गते, सुन तोलामा २०० रुपैयाँले महंगिएको हो । चाँदी पनि यस दिन प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँ कायम रहेको थियो ।
यसैगरी, मंगलबार पनि चाँदीको मूल्य बढोत्तरी भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले महंगिएर प्रतितोला एक हजार ४१५ रुपैयाँ पुगेको छ ।
अघिल्लो कारोबार दिन, चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

























