global ime bank Long Banner Ad

गृहपृष्ठ कोशी प्रदेशका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएका छन्।

कोशी प्रदेश सभा सचिवालयमा दर्ता गराएको सूचनामा भदौ ३ गते आइतबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उल्लेख गरिएको छ।

हाल सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले विश्वासको मतका लागि ४ गते सोमबारको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए।

थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुुक्त भएका थापाले संविधानको धारा १६८ को उपधारा ४ अनुसार कोशी प्रदेश सभाबाट विश्वासको मत लिन चाहेकोले भदौ ३ गतेको कार्यसूची समावेश गर्न प्रदेश सभामा सूचना दर्ता गरिएको सचिवालयले जनाएको छ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु