संसद खुलाउन प्रधानमन्त्रीसँग सभामुखकाे परामर्श
वि.सं.२०८० भदौ १ शुक्रवार १०:१४
shares

संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गर्दैछन् । शुक्रबार बिहान उनीहरुबीच बालुवाटारमा भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सभामुखले शीर्ष नेता, दलका सचेतकलगायत एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । तर, संसदको गतिरोध अन्त्य हुने कुनै छाँटकाँट छैन । प्रतिनिधिसभाको अबको बैठक ३ गते बोलाइएको छ ।
ठूलो परिमाणको सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता रहेको भन्दै उच्चस्तरीय छानबिन समितिको दबाबसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर सदन अवरोध गरिरहेको छ ।
सरकार सीआईबीबाटै छानबिन हुनुपर्ने अडानमा छ ।

























