गृहपृष्ठ महिला विश्वकप फुटबलका सेमिफाइनल खेल आजदेखि

महिला विश्वकप फुटबलका सेमिफाइनल खेल आजदेखि

महिला विश्वकप फुटबलका सेमिफाइनल खेल आजदेखि

फिफा महिला विश्वकप फुटबलका सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरू हुने भएका छन् । पहिलोपटक महिला बिश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनले मंगलबार स्वीडेनको सामना गर्दैछ । अहिलेसम्म स्वीडेन एकपटक उपबिजेता र तीनपटक तेश्रो स्थान बनाएको युरोपेली राष्ट्र हो ।

स्वीडेन सन् २००३ मा जर्मनीसँग २–१ ले पराजित हुँदा उपबिजेतामा सीमित बनेको थियो । गत शुक्रबार भएको क्वाटरफाइनलमा जापानमाथि २–१ को जीत निकाल्दै स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

यी दुइ टोलीबीचको सेमीफाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे हुनेछन् ।

अष्ट्रेलिया र इंग्ल्याण्डबीचको सेमिफाइनल खेल भने बुधबार दिउँसो नेपाली समय अनुसार पौने ४ बजे सुरू हुनेछ ।

प्रकाशित समय : ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु