काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ब्रेक शुु मा भएको सुन पगाल्दा ६० केजी ७७९ ग्राम

6.05K
shares

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको ‘ब्रेक शु’ पगाल्दा सुन ६० केजी ७७९ ग्राम भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक शुको सुन पगालेको थियो । सुनको यथार्थ परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

टक्सार विभागका प्रमुख थानेश्वर आचार्यले आज ब्रेक शु पगाल्दा ६० केजी ७७९ ग्राम सुन निक्लिएको बताए ।

सुनको यथार्थ परिमाण निकाल्न भोलि पुनः पगाल्नुपर्ने उनको भनाइ छ ।

विभागले गत असार २९ गते सिनामंगलबाट सुन समातेको थियो । १६० वटा ब्रेक शु बरामद भएकोमा त्यसभित्र लुकाएर सुनको तस्करी गरिएको थियो ।