धनुषा शहीदनगर नगरपालिकाका इन्जिनियर एक लाख घुससहित पक्राउ
वि.सं.२०८० साउन २८ आइतवार १८:०५
shares

धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरी एक लाख घुस सहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
पर्खाल निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएर पुगेको टोलीले चौधरीलाई लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियारको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
दाहालका अनुसार इन्जिनियर चौधरीसँगै उनका साथी गुरुदेव यादव पनि पक्राउ परेका छन् । शहिदनगर नगरपालिका– ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

























