गृहपृष्ठ काँग्रेस संसदीय दलको बैठक बस्दै, एमालेकाे संसद अवराेधबारे छलफल हुने
काँग्रेस संसदीय दलको बैठक बस्दै, एमालेकाे संसद अवराेधबारे छलफल हुने
नेपाली काँग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । काँग्रेसले शुक्रबारदेखि सुरु भएको बैठकलाई आज पनि निरन्तरता दिन लागेको हो ।
आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।
बैठकमा संसदको गतिरोधको विषयमा छलफल भइरहेको छ । संसदको गतिरोधको विकल्पमा संसदीय समिति वा उच्चस्तरीय शक्तिशाली आयोगको प्रस्ताव विकल्पका रूपमा रहेको धारणा केही सांसदले राखेका छन् ।
सरकारको प्रभावकारिता, बजेटलगायतका विषयमा पनि सांसदहरूले आफ्नो धारणा राखेका थिए ।
यस्तै, शुक्रबार बोल्ने प्रायः सांसदले सुनिल शर्मा पक्राउ पर्नुलाई सरकारले प्रतिशोध साँधेको बताएका थिए ।
प्रकाशित समय : ०९:४६ बजे


















