गृहपृष्ठ ला लिगामा रियल मड्रिडको विजयी सुरुआत

ला लिगामा रियल मड्रिडको विजयी सुरुआत

ला लिगामा रियल मड्रिडको विजयी सुरुआत

रियलले मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ । नयाँ सिजन अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा रियलले एथ्लेटिक विल्वाओलाई २–० ले पराजित गरेको हो ।

रियलका लागि रोड्रिगो र जुड बेलिङ्गहमले पहिलो हाफमै गोल गरेका थिए । ब्राजिलियन फरवार्ड रोड्रिगोले २८औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

इंग्लिस मिडफिल्डर बेलिङ्गघमले रियलका लागि प्रतिस्पर्धात्मक खेलमा पहिलो गोल गर्दा रियलले ३६औं मिनेटमा अग्रता दोब्बर बनायो ।

त्यसपछि खेलमा दुवैतर्फबाट थप गोल भएन र रियलले जित निकाल्दै पहिलो खेलमा तीन अंक जोडेको हो ।

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु