घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८० साउन २६ शुक्रवार १२:३४
shares

शुक्रबार पनि सुनको मूल्यमा गिरावट भएको छ । बिहिबार ओरालो लागेको सुनको मूल्य आज पनि ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो। यससँगै प्रतितोला छापावाला सुन तोलामा १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कारोबार भएको छ ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। हिजो छापावाला सुनको भाउ तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

























