काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तस्विरमा हेर्नुहोस् अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस

7.29K
shares

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको हो ।

नाराको अर्थ आफूले निर्धारण गरे अनुरूपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

तनहुँको दमौलीमा निकालिएको ¥यालीमा सांस्कृतिक भेषभूषामा सजिएका सहभागीहरु ।

तनहुँको सदरमुकाम दमौलीमा नेवार समुदायका व्यक्तिहरु लाखे नाच प्रस्तुत गर्दै ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराती झापाको कमल गाउँपालिका ५, पाडाजुंगीस्थित आदिवासी रंगशालामा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ।
सुदन किराती ढोल बजाउदैँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल आदिवासी जनजाति महासङघ सङघीय परिषद सचिवालयद्वारा राजधानीमा बुधबार आयोजित २९औँ विश्व आदिवासी दिवस मूल समारोहको उदघाटन गर्दै ।
नेपाल आदिवासी जनजाति महासङघ सङघीय परिषद सचिवालयद्वारा राजधानीमा बुधबार आयोजित २९औँ विश्व आदिवासी दिवस मूल समारोह

नृत्य प्रस्तुत गर्दै आदिवासी जनजाति महिला ।