सुर्य नेपालको कमाई उत्साहजनक, एकैवर्ष कमायो २७ अर्ब
वि.सं.२०८० साउन २३ मंगलवार १७:१७
shares

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले गत आवमा उत्साहजनक कमाइ गरेको छ । सबै संघसंस्थाहरुको वार्षिक कमाई घछिरहेको बेला सूर्य नेपालको नाफा भने १० प्रतिशतले बढेको छ । कम्पनीले एक वर्षमै २७ अर्ब रुपैयाँ कमाएको छ ।
सूर्य लगायतका ब्राण्डमा चुरोट उत्पादन तथा बिक्री वितरण गर्दै आएको यो कम्पनीको प्रतिफल पनि राम्रो छ । गत वर्ष गरेको नाफाबाट सूर्य नेपालले सेयरधनीलाई १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको छ। यो अघिल्लो वर्षको भन्दा १ अर्ब रुपैयाँले बढी हो ।
सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। रेटिंग एजेन्सीले सूर्य नेपालको उक्त कर्जालाई ए वान प्लस रेटिंग दिएको छ । जसको अर्थ हो उक्त कम्पनीमा कर्जा लगानी गर्नु अत्यन्तै कम जोखिम छ ।
चुरोटका साथै सूर्य नेपालले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ। कम्पनीले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ। सूर्य नेपालका देशभर १०० भन्दा बढी थोक बिक्रेता छन्।
सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ। यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ।
सूर्य नेपालको माउ कम्पनी आइटिसीले एक वर्षमा ८ अर्ब ४५ करोडज अमेरिकी डलरबराबर व्यापार गरेको छ। आइटिसीको बजार पुँजीकरण ५८ अर्ब डलर पुगेको छ।

























