धरानमा डेङ्गीबाट थप एकको मृत्यु, ९ पुगे मृत्यु हुने
वि.सं.२०८० साउन २१ आइतवार १०:३७
shares

डेंगुबाट धरान उपमहानगरपालिकामा थप एक जनाको मृत्यु भएको छ । त्योसँगै डेङ्गी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
धरान उपमहानगरपालिकाका महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु भएको हो ।
धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार मृतक पछिल्लो समय भेडेटारमा होटल सञ्चालन गर्ने गरेका थिए । काफ्लेका अनुसार मृतक धरान १४ का बासीन्दा हुन् ।

























