काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल बैंकको कमाई साढे ७ अर्ब

7.6K
shares

नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नबिल बैंकले यो नाफा कमाएको हो । यो अघिल्लो बर्षभन्दा ७६ दशमलव ८६ प्रतिशत बढी नाफा हो । जतिबेला ४ अर्ब २५ करोड ६० लाख रूपैयाँ हाराहारीमा खुद नाफा कमाएको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज गत वर्ष घटेको छ । अघिल्लो वर्ष ११ अर्ब १८ करोड रूपैयाँभन्दा बढी बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ३ अर्ब ८८ करोड रूपैयाँभन्दा बढी मात्र रहेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी रहेको छ ।

हाल बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ रहेको छ ।

निष्क्रिय कर्जा अघिल्लो वर्ष १ दशमलव ६२ प्रतिशत रहेकोमा गत वर्ष ३ दशमलव २० प्रतिशत पुगेको छ ।