अध्यक्षले जवाफ दिएपछि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजै सकिने
वि.सं.२०८० साउन २१ आइतवार ०९:५०
shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि आजै बैठक सकिने छ ।
आइतबार दिउँसो १ बजेको लागि बोलाईएको बैठकमा प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछ । चार दिनदेखि जारी माओवादी बैठकमा २ सय २१ नेताहरुले आफ्नो धारणा राखेका छन् ।
आइतबार अध्यक्ष प्रचण्डले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन् । बैठकमा उत्तराधिकारीको खोजी सुरु भएको छ । पदाधिकारीले समेत नेतृत्वको विकल्प खोज्ने बेला भएको बताएका छन् ।
























