माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि
वि.सं.२०८० साउन १९ शुक्रवार ०८:३७
shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी राख्नेछन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको पहिलो दिन बुधरबार प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । पहिलो दिन नाम टिपाएका ७४ जनामध्ये २० जनाले धारणा राखेका थिए । बाँकी रहेकाले दोस्रो दिन धारणा राखेका थिए । यसपालि सकेसम्म सबै सदस्यहरूलाई बोल्न दिने माओवादीको तयारी छ ।
केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् । बैठक साउन २१ सम्म चल्नेछ ।
























