भदौ अन्तिममा चीनको भ्रमण गर्दै प्रधानमन्त्री प्रचण्ड
वि.सं.२०८० साउन १७ बुधवार ०८:०७
shares

प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ अन्तिमदेखि चीन भ्रमण गर्ने भएका छन् ।
भ्रमण भदौ २९–असोज ५ सम्म हुनेछ । त्यही अनुसार तयारी थालेको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि उनले इटाली भ्रमण गरेका थिए । प्रधानमन्त्री प्रचण्डको तेस्रो वैदेशिक भ्रमण चीनको हुनेछ ।
























