गृहपृष्ठ कोशी प्रदेशमा फेरी मुख्यमन्त्रीमा कांग्रेस थापा नियुक्त

कोशी प्रदेशमा फेरी मुख्यमन्त्रीमा कांग्रेस थापा नियुक्त

कोशी प्रदेशमा फेरी मुख्यमन्त्रीमा कांग्रेस थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा फेरी नियुक्त भएका छन् । थापालाई कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ ।

सत्ता गठबन्धन दलको तर्फका ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर पुगेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अन्तरगत मुख्यमन्त्रीमा प्रदेश प्रमुखले नियुक्त गरे ।

प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्‍याएको छ । कोशीमा बहुमत पुर्‍याउन ४७ सीट चाहिन्छ ।

माओवादीबाट गौतम सभामुख पदमा रहुन्जेल सत्तागठबन्धनको बहुमत पुग्न नसक्ने भएपछि उनलाई राजीनामा गराइएको हो ।

 

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु