global ime bank Long Banner Ad

गृहपृष्ठ लम्पी स्किनले ५० हजार बढी पशुको ज्यान लियो

लम्पी स्किनले ५० हजार बढी पशुको ज्यान लियो

लम्पी स्किनले ५० हजार बढी पशुको ज्यान लियो

लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । पशुसेवा विभागको तथ्यांकअनुसार साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेका छन् ।

विभागका अनुसार देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने २ लाख ४८ हजार संक्रमित अवस्थामा छन् ।

कुल ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको विभागले जनाएको छ ।

प्रकाशित समय : ०६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु