global ime bank Long Banner Ad

गृहपृष्ठ ऋण लिएकाे तिर्न नसकेपछि यौन शोषण गर्दै जग्गा हडप्ने मिटरब्याजी पक्राउ

ऋण लिएकाे तिर्न नसकेपछि यौन शोषण गर्दै जग्गा हडप्ने मिटरब्याजी पक्राउ

ऋण लिएकाे तिर्न नसकेपछि यौन शोषण गर्दै जग्गा हडप्ने मिटरब्याजी पक्राउ

ऋण लिएको पैसा तिर्न नसकेपछि यौन शोषण र घरजग्गा हडप्ने एक जना पक्राउ परेका छन् । उपचारका लागि ऋण लिएको पाँच लाख रुपैयाँको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा ललितपुरको ठेचोकी ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको खुलासा भएपछि मिटरब्याजी सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर ठेचोका सुर्जमान मालीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले ०७५ सालमा श्रीमान बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिएकी थिइन् ।

सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याज मात्रै ५० हजार तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजारका दरले दुई पटक ब्याज तिरेकी थिइन् ।

साँवा घटाउने उद्देश्यले उनले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानको हातमा थमाइन् । सुर्जमानले भने साँवा नकटाएर ब्याजमात्रै कटाए । त्यसमाथि सुर्जमानले ऋण र ब्याज एकमुष्ट तिर्न ताकेता गरिरहन्थे ।

उनले तिर्न नसकिरहेको बेलामा ऋणब्याज मिनाहा गरिदिने बाध्यतामा पारेर सुर्जमान र उनका साथीहरुले पीडित महिलालाई चार पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । साथै महिलाले माइतीबाट पाएको घरजग्गा नै सुर्जमानले हडपेको प्रहरीले जनाएको छ ।

सुर्जमानले जिल्ला अदालत ललितपुरमा नक्कली कागजात खडा गरेर ती पीडित महिला बस्दै आएको घर हडपेका थिए ।

पीडित महिलाले आफूमाथि भएको ज्यादतीबारे शुक्रबार दिउँसो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएपछि गृहमन्त्री श्रेष्ठले सुर्जमानलाई कानुनी कारबाहीको दायरामा ल्याउन ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

प्रकाशित समय : ०६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु