global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तर्राष्ट्रिय युवा दिवस मनाउन मन्त्री लिम्बुको अध्यक्षतामा मूल समारोह समिति गठन

अन्तर्राष्ट्रिय युवा दिवस मनाउन मन्त्री लिम्बुको अध्यक्षतामा मूल समारोह समिति गठन

अन्तर्राष्ट्रिय युवा दिवस मनाउन मन्त्री लिम्बुको अध्यक्षतामा मूल समारोह समिति गठन

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ । हरेक वर्ष अगष्ट १२ तारेखमा विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने प्रचलन रहेको छ ।

राष्ट्रिय युवा परिषदले बिहीबार मन्त्रालयमा आयोजना गरेको भेलाबाट परिषदका अध्यक्ष समेत रहेका मन्त्री लिम्बुको अध्यक्षतामा ६५७ सदस्यीय मूल समारोह समिति घोषणा भएको हो । सन् २०२३ का लागि संयुक्त राष्ट्रसंघले ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मूल नारा सहित अन्तर्राष्ट्रिय युवा दिवस मनाउन आह्वान गरेको छ ।

सन् २००० देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउँदै आइएको छ ।

प्रकाशित समय : ०७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु